‘इद उल फित्र’ ले शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने सभापति देउवाको विश्वास « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘इद उल फित्र’ ले शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने सभापति देउवाको विश्वास


प्रशासन संवाददाता

३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका परिस्थितिमा स्वास्थ्यसुरक्षाका मापदण्डलाई ख्याल गरी ‘इद उल फित्र’ मनाउन सबैलाई आग्रह गरेका छन् ।

इस्लाम धर्मावलम्बीको पर्व “इद उल फित्र” का अवसरमा उनले आज सम्पूर्ण मुसलमानमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै कोरोनाको जोखिम दृष्टिगत गरी भौतिक दूरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन आग्रह गरेका छन् ।

इद उल फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएका छन् ।

लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको जनाउँदै उनले लोकतन्त्रको रक्षार्थ मुसलमान समुदाय अझ बढी जिम्मेवार रहने विश्वास व्यक्त गरेका छन् । ‘इद उल फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस