गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा


३१ बैशाख २०७८, शुक्रबार


कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र(इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस