प्रधानमन्त्री ओलीको शपथ साढे २ बजे « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओलीको शपथ साढे २ बजे


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शीतल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भए पनि अन्य दलले बहुमत पु¥याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठुलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस