सासंदहरुलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा आज लगाइँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सासंदहरुलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा आज लगाइँदै


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारीलगायतलाई आज(शुक्रवार)देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै छ।

सङ्घीय संसद् सचिवालयले सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले आजदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ।

सभामुख, अध्यक्ष, उपाध्यक्षलगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा खोप लगाइनेछ।

तीन दिनभित्र नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरू, स्वकीय सचिवलगायत कर्मचारी, मर्यादा पालक तथा सुरक्षासँग सम्बन्धित सबै कर्मचारी र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने जनाएको छ।

खोप लगाउन जाँदा कोभिसिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रूपमा साथमा लैजान सचिवालयले आग्रह गरेको छ।

सरकारले जेठ २ गतेदेखि काठमाडौँ उपत्यका सहित देशका ७ जिल्लामा लगाइएको भेरोसेलको दोस्रो मात्रा पनि लगाउन कार्य तालिका सार्वजनिक गरिसकेको छ। खोपको पहिलो मात्रा लगाइएको ४ हप्तापछि भेरोसेलको दोस्रो मात्रा लगाइँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस