नयाँ मन्त्रीबारे बालुवाटारमा छलफल गर्दै ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नयाँ मन्त्रीबारे बालुवाटारमा छलफल गर्दै ओली


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीबारे छलफल गर्न आफू निकट नेतालाई बालुवाटार बोलाएका छन्।

तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिन लागेका ओलीले क–कसलाई मन्त्री बनाउने भन्नेबारे आफू निकट नेतासँग छलफल गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।

बिहीबार राती प्रधानमन्त्रीमा पुनः नियुक्त भएका ओलीले आज राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ।

ओलीले आजै सानो आकारमा मन्त्रिपरिषद् बनाउने भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस