ओली नै प्रधानमन्त्री हुने निश्चित, नेपाल पक्षकालाई पनि मन्त्री बनाउने तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ओली नै प्रधानमन्त्री हुने निश्चित, नेपाल पक्षकालाई पनि मन्त्री बनाउने तयारी


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि९शुक्रवार० प्रधानमन्त्रीको शपथ खाने भएका छन् ।

प्रधानमन्त्री ओली फेरी प्रधानमन्त्री हुने निश्चित भइसके पनि शपथ भने शुक्रवार मात्रै ग्रहण गर्ने तयारी भइरहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बहुमतको प्रधानमन्त्री वा ठुलो पार्टीको हैसियतमा केपी कमरेड प्रधानमन्त्री हुने निश्चित भइसकेकोले शपथ भोलि नै हुने सम्भावना रहेको उनको भनाई छ । यद्यपि आजै पनि हुन सक्ने पनि उनले बताए ।

जनता समाजवादी पार्टीसमेत सरकारमा जाने विषयमा छलफल भइरहेको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेतालाई पनि मन्त्री बनाउने ओलीले तयारी गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस