मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीका लागि २१ थान अक्सिजन सिलिन्डर पठाइएको छ ।

जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन भरिएका २१ सिलिन्डर पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिकले निकै खुशी हुनुका साथै कोरोना सङ्क्रमितलाई सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताए । उनले भने, ‘अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचार गाह्रो थियो, अब सहज हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस