बागलुङमा थप १५ दिन निषेधाज्ञा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बागलुङमा थप १५ दिन निषेधाज्ञा


प्रशासन संवाददाता

३० बैशाख २०७८, बिहिबार


बागलुङ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति(डीसीसीएमसी)ले बागलुङमा थप १५ दिन निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

समितिको बिहीबारको बैठकले बागलुङका सबै व्यवसाय, बैंक तथा वित्तीय संस्था लगायतका सेवासमेत बन्द गर्ने निर्णय गरेको हो ।

वैशाख २१ गतेदेखि बागलुङमा निषेधाज्ञा लगाइएको थियो । कोरोना सङ्क्रमितको सङ्ख्या भने दिनदिनै बढेपछि कडा लकडाउन गर्ने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको हो ।

बागलुङ नगरपालिका, काठे खोला गाउँपालिका लगायतले लकडाउन गर्न मङ्गलवारै डीसीसीएमसीलाई सिफारिस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस