वैकल्पिक सरकारको सम्भावना टरेको माओवादी बैठकको निष्कर्ष « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वैकल्पिक सरकारको सम्भावना टरेको माओवादी बैठकको निष्कर्ष


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ ।

राष्ट्रपतिले दिएको समयभित्र बहुमत प्रस्तुत गर्ने आधार जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको निष्कर्ष माओवादीले निकालेको हो ।

बिहीबार अपराह्न केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले दलहरूसँगका वार्ताको बारेमा जानकारी गराएका थिए ।

बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएकाले ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस