नेपालले अमेरिकासँग खोप र स्वास्थ्य सामग्री माग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालले अमेरिकासँग खोप र स्वास्थ्य सामग्री माग्यो


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई सक्दो छिटो खोप पाउने वातावरण मिलाइदिन नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीलाई आग्रह गरेका छन् ।

आज राजदूतसँग टेलिफोनमा कुरा गर्दै पोखरेलले कोराना तीव्र गतिको फैलावट रोक्न अमेरिकी सरकारबाट खोप सहयोग चाहेको जानकारी दिएका हुन् ।

त्यस्तै भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पतालका लागि आवश्यक पूर्वाधारको पनि सहयोग आशा गरेको पोखरेलले बताएको उनको सचिवालयले जानकारी दिएको छ ।

जवाफमा अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्री सहयोग गरिने जानकारी दिएका छन् । तर उनले के–के सामग्री सहयोग गर्ने भन्नेबारे आइतबार मात्र टुंगो लाग्ने जानकारी दिए ।

अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि पोखरेललाई आग्रह गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस