सगरमाथा आरोहणका क्रममा दुई आरोहीको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सगरमाथा आरोहणका क्रममा दुई आरोहीको मृत्यु


३० बैशाख २०७८, बिहिबार


सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए ।

उनका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर बसेकै अवस्थामा मृत्यु भएको हो ।

यस्तै शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो क्याम्पमा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था कमजोर भएका कारण मृत्यु भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस