कारबाही फुकुवापछि योगेशले भने–अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ « प्रशासन
prasaLogo
३० बैशाख २०७८, बिहीबार

कारबाही फुकुवापछि योगेशले भने–अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ


प्रकाशित मिति : 13 May, 2021 12:12 pm

काठमाडौँ। नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले माधवसहितका चार नेताको कारबाही फिर्ताप्रति सकारात्मक अभिव्यक्ति दिएका छन् ।

भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’

आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गरेपछि भट्टराईले प्रतिक्रिया जनाएका हुन् ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारबाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस