माधव नेपाल निवासमा पुगे विष्णु पौडेल, ओलीले बोलाए स्थायी कमिटी बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माधव नेपाल निवासमा पुगे विष्णु पौडेल, ओलीले बोलाए स्थायी कमिटी बैठक


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले बुधवार राति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको टेलिफोन रिसिभ नगरेपछि आज बिहानै ओलीको तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल माधव नेपाल निवास पुगेका छन् ।

नेपाल पक्षमा राजीनामा दिने सांसदको सङ्ख्या अन्तिममा १६ जना पनि नपुग्ने अवस्था देखिएपछि उनी दबाबमा छन् । विष्णु पौडेलसँगको वार्ताअघि बुधवार साँझ ओली निकट एक प्रभावशाली नेताले पनि नेपाल निवासमै गएर गरेको वार्तापछि उनी गम्भीर बनेको बताइन्छ ।

राष्ट्रपतिले दिएको नयाँ सरकार गठनको समय सीमा आज साँझ ९ बजेसम्म सकिनुअघि नेपाल पक्षलाई राजीनामा गराउने प्रयास काँग्रेस र माओवादीको छ भने राजीनामाबाट रोक्न पनि उतिकै प्रयास भइरहेको छ ।

राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएर सङ्ख्या जुटाउन सकस परिरहेका बेला ओली पक्षले संवाद जारी राखेको छ । बुधवार माधव नेपाललाई गोकर्ण विष्ट लगायत उनी निकटकै नेताले राजीनामाबाट पछि हट्न दबाब दिएका दिए ।

यसैबिच प्रधानमन्त्री एवं अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक बिहान ९ बजे बोलाएका छन् । बालुवाटारमा बस्ने सो बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना रहेको एक नेताले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस