यस्तो छ तीन दिनको मौसम « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यस्तो छ तीन दिनको मौसम


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । आज बिहानैदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावले वर्षा भइरहेको मौसम पूवानुमान महाशाखाले जनाएको ।

आज दिउँसो देशभर सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुर्इ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती प्रदेश १ सहित देशका पहाडी भू–भागहरुमा सामान्य बदली र बाँकि भू–भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक(दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

शुक्रबार दिउँसो देशका प्रदेश नं १ र अन्य पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भु–भागहरूमा आंशिक बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशका प्रदेश १ सहित पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागहरुमा आंशिक बदली रहेने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशका प्रदेश १ सहित पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस