काठमाडाैँमा भोलिदेखि अत्यावश्यकबाहेकका कार्यालय बन्द « प्रशासन
prasaLogo
२९ बैशाख २०७८, बुधबार

काठमाडाैँमा भोलिदेखि अत्यावश्यकबाहेकका कार्यालय बन्द


प्रकाशित मिति : 12 May, 2021 8:36 pm

काठमाण्डौँ उपत्यकामा बिहीबार (भोलि) देखि अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ ।

काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड-१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने छन् ।

काठमाण्डौँ र प्रशासनले आज एक सूचना निकाल्दै कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्तो निर्णय गरिएको जनाएको छ । निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लामा रहेका कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्नेरगराउने व्यवस्थाका लागि जानकारी गराइन्छ, प्रशासनले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस