अक्सिजन छैन भनी अस्पतालहरूले निकालेका सूचनाप्रति काठमाडौँ जिल्ला प्रशासनको आपत्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अक्सिजन छैन भनी अस्पतालहरूले निकालेका सूचनाप्रति काठमाडौँ जिल्ला प्रशासनको आपत्ति


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अक्सिजन छैन, बिरामीलाई विकल्प खोज्नुस् भनी अस्पतालहरूले निकालेका सार्वजनिक सूचनाप्रति आपत्ति जनाएको छ।

काठमाडौँ जिल्ला प्रशासनले यस्ता सूचनाले सर्वसाधारणमा त्रास फैलाएको जनाएको छ। सबै पक्षबाट आवश्यक पहल भइरहेको भन्दै सकारात्मक भूमिका निर्वाह गर्न र मानवीय संवेदनशीलतालाई ख्याल गर्न आग्रह गरेको छ।

अस्पतालहरूले अक्सिजन अभाव भएको भन्दै बिरामीहरूलाई विकल्प खोज्न सार्वजनिक सूचना जारी गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस