कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि


२९ बैशाख २०७८, बुधबार


सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार नियुक्त गरेका तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार बिहान ११ बजेका लागी तय गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीको सिफारिसमा आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान विष्ट, आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सीताकुमारी नेपालीलाई नियुक्त भएका छन् ।

यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएकी विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका नरेश भण्डारीले आजै मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

यसअघि वैशाख ४ गते पनि मुख्यमन्त्रीले तीन जना मन्त्री नियुक्त गरेका थिए । आफ्नो पक्षमा फ्लोर क्रस गर्ने माधव नेपाल समूहका नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कूर्मराज शाहीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र अम्मर थापालाई भौतिक पूर्वाधार मन्त्रालयमा नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस