गर्भवती र अपरेसन हुनै पर्ने बिरामीका लागि रगत अभाव भएपछि आकस्मिक रक्तदान कार्यक्रम हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गर्भवती र अपरेसन हुनै पर्ने बिरामीका लागि रगत अभाव भएपछि आकस्मिक रक्तदान कार्यक्रम हुँदै


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । ज्येष्ठ १ गते शनिवार रातो पुलमा आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ।

रगतको चरम अभाव भएको भन्दै रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरमा हुन लागको रक्तदानमा कोभिड सम्बन्धी पूर्ण सावधानी अपनाइने र प्रहरीसँगको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाइएको छ ।

लायन्स क्लब अफ काठमाडौँ सोसियल फ्रेण्डस्का अध्यक्ष भूषणकुमार श्रेष्ठका अनुसार लायन्स क्लब अफ काठमाडौँ सोसियल फ्रेण्डस्, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मञ्चको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुन लागिरहेको हो ।

नेपाल रेडक्रस सोसाइटीले फोन गरेर सामान्य गर्भवती महिला र अपरेसन हुनै पर्ने बिरामीका लागि पनि रगत अभावले अपरेसन हुन नसकेको जानकारी पछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको श्रेष्ठले जनाए ।

उनले सम्भव भएसम्म हरेक दुई-दुई हप्तामा रगत सङ्कलन गरेर रेडक्रसलाई बुझाउने योजना बनाएकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस