गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त


२९ बैशाख २०७८, बुधबार


पोखरा । गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ पुन: मुख्यमन्त्री भएका छन् ।

मुख्यमन्त्रीमा काँग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरेपछि गुरुङ पुन: मुख्यमन्त्री नियुक्त भएका हुन् ।

गुरुङले आज नै सपथ लिने तयारी गरिएको छ । उनी अहिले प्रदेश प्रमुखको निवास पुगिसकेका छन् । प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस