आधा घण्टा अक्सिजन नहुँदा कोरोना विशेष अस्पतालमा ५ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आधा घण्टा अक्सिजन नहुँदा कोरोना विशेष अस्पतालमा ५ जनाको मृत्यु


२९ बैशाख २०७८, बुधबार


बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि एकै पटक ५ जना विरामीको मृत्यु भएको छ ।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आघा घण्टा अक्सिजन सप्लाई रोकिएपछि उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये बुटवल उपमहानगरपालिकाका ४ र नवलपरासीका १ जना रहेका छन् । मृत्यु हुनेमा बुटवल ११ का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षीय पुरुष, बुटवल १२ की ५९ वर्षीया महिला र बुटवल १३ का ५२ वर्षीय पुरुष र बर्घाटका ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस