पूर्व बैंकर श्रेष्ठको कोरोना संक्रमणका कारण निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्व बैंकर श्रेष्ठको कोरोना संक्रमणका कारण निधन


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भर्ना भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो ।

कोरोनाले धेरै गाह्रो भएपछि श्रेष्ठलाई हिजोमात्र भेण्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो । श्रेष्ठका श्रीमती र एक छोरी छन् । हाल दिल्लीमा रहेका श्रीमती र छोरी निधनको खबर लगत्तै काठमाडौँ आइपुगेका छन् ।

श्रेष्ठले यसअघि माछापुच्छ्रे बैंक र सनराइज बैंकमा सिइओ भएर काम गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस