मनमोहन अस्पतालले नयाँ बिरामी भर्ना नगर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मनमोहन अस्पतालले नयाँ बिरामी भर्ना नगर्ने


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । काठमाडौँ स्वयम्भूको मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना बन्द गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको हो ।

अस्पतालले विज्ञप्तिमा भनेको छ,–‘हाल परिस्थितिमा अस्पतालमा बेडको समस्या नभए पनि अक्सिजनको आपूर्तिमा आएको समस्याले गर्दा मौज्दात अक्सिजन केही घण्टाभन्दा बढी नरहेकाले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नयाँ बिरामी भर्ना लिन नसकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ’

Tags :
प्रतिक्रिया दिनुहोस