राष्ट्रिय सभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान


२९ बैशाख २०७८, बुधबार


मकवानपुर । राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । राष्ट्रिय सभाअन्तर्गत् वाग्मती प्रदेशतर्फको रिक्त रहेका सदस्य पदमा जेठ ६ गते मतदान हुँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हेटौंडा–५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको हो।

राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापालाई सूर्य, कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो ।

देवकोटालाई स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव चिन्ह प्रदान गरिए पनि नेपाली काँग्रेस, माओवादी, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको सहयोग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस