नयाँ सरकारको दाबी गर्दै चार दलीय गठबन्धनले पत्र बुझाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नयाँ सरकारको दाबी गर्दै चार दलीय गठबन्धनले पत्र बुझाउने


२९ बैशाख २०७८, बुधबार


कास्की । गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै काँग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाउने भएको छ ।

प्रदेश प्रमुख सीता पौडेल समक्ष बहुमतको दाबी गर्दै पत्र बुझाउने तयारी गरिएको छ ।

चारवटै दलका नेताको उपस्थितिमा रहनेछ । सरकार गठनको लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ ।

एक जनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले राजमोका सांसद कृष्ण थापालाई कारबाही गरेपछि सबै दलका नेताले आफ्नो संख्या टिकाउँदै पत्र बुझाउन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस