स्वास्थ्य सामग्रीकाे हवाई ढुवानी प्रबन्ध गर्न काँग्रेसको सरकारसँग माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य सामग्रीकाे हवाई ढुवानी प्रबन्ध गर्न काँग्रेसको सरकारसँग माग


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले स्वास्थ्य सामग्रीको हवाई ढुवानीको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सामग्रीको हवाई ढुवानीको प्रबन्ध गरेर ढुवानीमा सहजीकरण गर्न माग गरेका हुन् ।

स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने नेपाली कम्पनीले खरिद गरेका सामान जहाज अभावका कारण अलपत्र परेको भन्दै काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो।

खाँडले कोरोना उपचारमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई ध्यान दिन आग्रहसमेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने नेपाली कम्पनीले खरिद गरेका स्वास्थ्य सामग्री तथा उपकरणहरु हवाईजहाजको अभावको कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेका छन् । गम्भीर विषयलाई मध्यनजर गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणको हवाई ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्न सरकार एवम् सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस