राजमोले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजमोले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो


२९ बैशाख २०७८, बुधबार


कास्की । गण्डकी प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चा पार्टीको संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ ।

बुधबार बसेको बैठकले उनलाई दलको नेताबाट हटाएको हो । केही समयभित्र प्रदेशसभा सचिवालयमा पत्र बुझाइँदै छ । अन्य कारबाहीको निर्णय पार्टी केन्द्रिय कार्यालयले नै गर्ने भएको छ ।

थापालाई पार्टीले बिहान स्पष्टिकरण सोधेको थियो । थापाले चित्त बुझ्दो जवाफ नदिएपछि दलको नेताबाट हटाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस