कर्णालीमा दुई मन्त्रीले राजीनामा दिने, तीन जना थपिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णालीमा दुई मन्त्रीले राजीनामा दिने, तीन जना थपिने


२९ बैशाख २०७८, बुधबार


सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ ।

आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट, जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गरिएको छ । उनीहरुले बुधबार नै मन्त्रीका रुपमा सपथ लिने भएका छन् ।

त्यस्तै वर्तमान मन्त्रिपरिषदमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री विमला केसीले राजीनामा दिने सहमति भएका छन् । यद्यपि अहिलेसम्म उनीहरुले राजीनामा भने दिइसकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस