स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारवाहीकाे माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारवाहीकाे माग


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । प्रादेशिक अस्पताल जनकपुरधामले मंगलबार साँझ अस्पतालको भेन्टिलेटर कक्षभित्र प्रवेश गरेर होहल्ला गरी स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिहरुमाथि कडा कारवाहीको माग गरेको छ ।

मंगलबार साँझ ६ बजे प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा डाक्टरसँग सल्लाह नै नगरी सोझै बिरामीलाई भेन्टिलेटरमा राखेर नयाँ बिरामीका कुरुवा र अन्य अज्ञात व्यक्तिले होहल्ला गरी स्वास्थ्यकर्मी र कर्मचारीमाथि हातपात गरेको अस्पतालले जनाएको छ ।

‘यस्तो विश्वव्यापी महामारीको विषम परिस्थितिमा पनि आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र बिरामीको सेवामा खटिरहेका कर्मचारीहरुलाई हापात गर्ने व्यक्तिमाथि छानविन गरी कायरवाहीको लागि सम्पूर्ण सरोकारवाला निकायहरुलाई अनुरोध छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस