अक्सिजन कम भएपछि थप बिरामी भर्ना नगर्ने ग्राण्डी अस्पतालको घोषणा « प्रशासन
prasaLogo
२९ बैशाख २०७८, बुधबार

अक्सिजन कम भएपछि थप बिरामी भर्ना नगर्ने ग्राण्डी अस्पतालको घोषणा


प्रकाशित मिति : 12 May, 2021 1:06 pm

काठमाडौँ। धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ ।

सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो ।

एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा अक्सिजनको मागअनुसार आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको हो ।

आवश्यकताअनुसार अक्सिजन उपलब्ध भएपछि मात्रै थप बिरामी भर्ना गर्न सकिने सूचनामा उल्लेख छ ।

No description available.

Tags :
प्रतिक्रिया दिनुहोस