काँग्रेसका नेता र कर्मचारीमा कोरोना, केन्द्रीय समिति बैठक स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेसका नेता र कर्मचारीमा कोरोना, केन्द्रीय समिति बैठक स्थगित


१५ बैशाख २०७८, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आज दिउँसो बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ ।

काँग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरूको पीएसओ, चालक लगायतमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो ।

सम्बन्धित समाचार : काँग्रेस केन्द्रीय सदस्यहरूमा कोरोना नदेखिएपछि आज बैठक बस्दै

यस अघि सोमबार बस्ने भनिएको बैठक सदस्यहरूको पीसीआर परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो । आज बिहान कसैलाई पनि कोरोना नदेखिएको भन्दै पुनः आज दिउँसोका लागि बैठक बोलाइएको थियो । तर पछिल्लो रिपोर्ट अनुसार कर्मचारी र केही केन्द्रीय सदस्यहरूमा कोरोना देखिएपछि बैठक पुनः स्थगित गरिएको छ ।

पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस