कर्णालीका फ्लोर क्रस गर्ने चार सांसदको पद खारेज हुनेगरी कारबाही « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णालीका फ्लोर क्रस गर्ने चार सांसदको पद खारेज हुनेगरी कारबाही


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेशका एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निश्कासन गर्ने निर्णय गरेको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा नेकपा एमाले खनाल-नेपाल समुहका चार सांसदले फ्लोर क्रस गरी विस्वासको मत दिएका थिए ।

भुलबस फ्लोर क्रस गरेको भन्दै स्पष्टीकरण दिएकी देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस