राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता गर्न आयोगको आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता गर्न आयोगको आग्रह


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ। राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

संविधानको धारा २७१ अनुसार आउँदो जेठ ६ गते हुने उपचुनावका लागि दल दर्ता गर्न आयोगले आग्रह गरेको हो ।

आयोगले वैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेको छ । वाग्मती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुन लागेको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा उपचुनावद्वारा पूर्ति गरिने व्यवस्था छ ।

नेकपा माओवादी केन्द्रबाट २०७४ को चुनावमा निर्वाचित रामबहादुर थापाले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त गरेका थिए । उक्त रिक्त पदका लागि उपचुनाव हुन लागेको हो ।

सांसद पद हटेसँगै थापाको गृहमन्त्री पद पनि गएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नरहे पनि थापालाई फेरि गृहमन्त्रीमा नियुक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस