सैनिक प्रतिष्ठानमा ५९औँ समूहको दीक्षान्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सैनिक प्रतिष्ठानमा ५९औँ समूहको दीक्षान्त


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक प्रतिष्ठानमा खरिपाटी भक्तपुरमा सञ्चालित ५९औँ समूहको अधिकृत क्याडेट तालीम स्नातक तह दीक्षान्त समारोह सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा  र प्राध्यापकसहितको उपस्थितिमा हिजो बिहिबार भएको दिक्षान्त समारोहमा पुरुष १२९, महिला २४ र विदेशी अधिकृत क्याडेट ४ शिक्षार्थी दीक्षित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति थापाले शिक्षार्थी तथा अभिभावक सबैलाई बधाई ज्ञापन गर्दै  निकट भविष्यमा नै आयुक्त पद प्राप्त गर्ने शिक्षार्थीलाई प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न र कुशल नेतृत्वका लागि शुभकामना व्यक्त गरे । समारोहमा शैक्षिक अध्यापनतर्फ प्रथम, द्वितीय, तृतीय र एकेडेमीका विभिन्न विधामा उत्कृष्ट अङ्क हासिल गर्ने क्याडेटलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस