आज पनि बस्दै माओवादी केन्द्रको बैठक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज पनि बस्दै माओवादी केन्द्रको बैठक


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ ।

विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसूची तय गरिएको छ । आजको उक्त विषयमाथि थप छलफल गरी निर्णयमा पुग्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस