९ सयले बढ्यो सुनको मूल्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

९ सयले बढ्यो सुनको मूल्य


प्रशासन संवाददाता

२७ चैत्र २०७७, शुक्रबार


सुन

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा आज सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै बिहीबार ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार ८९ हजार ४५० मा खरिद विक्री भइरहेको छ ।

नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस