विराटनगरबाट ४० हजार घुससहित प्रहरी जवान पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विराटनगरबाट ४० हजार घुससहित प्रहरी जवान पक्राउ


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत् प्रहरी जवान ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

उजुरी मिलाइदिने बहानामा घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई बिहीबार (हिजो) पक्राउ गरेको हो।

अख्तियार कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई विराटनगर महानगरपालिका–४ नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस