सुर्खेतको सिस्नेरीमा आगलागी,नौ घर नष्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुर्खेतको सिस्नेरीमा आगलागी,नौ घर नष्ट


२७ चैत्र २०७७, शुक्रबार


वीरेन्द्रनगर । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् ।

बराहताल ९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए । उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।

‘बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन्’, वडाध्यक्ष कार्कीले भने,‘प्रहरी र स्थानीयवासी खटिएपछि अहिले आगो निभाइएको छ ।’ सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस