भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार जनामा कोरोना पुष्टि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार जनामा कोरोना पुष्टि


प्रशासन संवाददाता

२७ चैत्र २०७७, शुक्रबार


 

काठमाडौँ । भारतमा कोरोना संक्रमणले दैनिक रेकर्ड कायम गर्दै गएको छ । आज भारतीय मन्त्रालयले सार्वजनिक गरेको आँकडालाई हेर्ने हो भने,भारतमा कोरोना तीव्र रुपमा फैलिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो आँकडा कोरोना महामारी सुरु भएदेखि अहिलेसम्मको सबैभन्दा उच्च हो ।

पछिल्लो २४ घण्टामा ८ सय मानिसको कोरोना भाइरसकै कारण मृत्यु भएको छ भने, ६० हजार निको भएका छन् ।

भारतमा अहिले ९ लाख ७४ हजार सक्रिय संक्रमितको सँख्या रहेको स्वास्थ्य मन्त्रालयलाई जनाएकाृे छ । महाराष्ट्र र दिल्लीमा कोरोनाको सबैभन्दा बढी खतरा देखिएको छ । पछिल्लो १० दिनमा महाराष्ट्रमा मात्र दैनिक ५० हजारभन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस