आज प्रदेश १ का पहाडी भेगमा पानी पर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज प्रदेश १ का पहाडी भेगमा पानी पर्ने


प्रशासन संवाददाता

२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । स्थानीय, पश्चिमी वायु र देशको दक्षिणी भेगमा बनेको तल्लो वायु मण्डलीय न्युन चापीय प्रणालीको असरले मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यिनै प्रणालीको कारण दिउँसो प्रदेश १ को पहाडी भेगका केही स्थानमा पानी पर्ने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । तर, पश्चिमी, मध्य पहाडी तथा तराईका विभिन्न स्थानहरुमा लागेको तुँवालो कायमै रहनेछ। आज पनि ठूलो वर्षा र हावाहुरीको सम्भावना न्युन रहेकाले तत्काल तुँवालो नहट्ने बताइएको छ ।

काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम आज बिहान ११.८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३० देखि ३२ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले अनुमान गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस