बागमती प्रदेश सभा बैठक स्थगन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमती प्रदेश सभा बैठक स्थगन


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । बागमती प्रदेश सभा बैठक अवरुद्ध भएको छ । हिजो बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारणा राखेलगत्तै बैठक अवरुद्ध भएको हो ।

माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेपछि बैठक अवरुद्ध भएको हो ।

बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगन गरिएको बताएका छन् । त्यसअघि विशेष समय लिएर बोल्दै काँग्रेस नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने समयमा मन्त्रिपरिषद्ले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस खरिदका लागि प्रक्रिया अघि बढाएकाले भ्रष्टाचारलाई प्रोत्साहन गर्न खोजिएको भन्दै आरोपसमेत लगाएका छन् ।

उनले सरकारले विगतका वर्षझैँ यस वर्षमा पनि सरकारको नीति–कार्यक्रम ल्याइँदा आइएनजिओहरूलाई अनुदान बजेट विनियोजन गर्ने प्रावधान नराखिएको स्मरण गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस