प्रधानमन्त्री कार्यालयका सचिव ढकालको अवकाश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री कार्यालयका सचिव ढकालको अवकाश


२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. तीर्थराज ढकालले अनिवार्य अवकाश लिएका छन् ।

निजामती सेवाको करिब ३८ वर्षको सेवा अवधि पछि बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिदाइ भएका हुन् ।

निजामती क्षेत्रका इमानदार कर्मचारीको पहिचान बनाउन सफल सचिव ढकाललाई मुख्यसचिवलगायतले सम्मानसहित बिदाइ गरेका छन् ।

निजामतीमा अनेकन् विकृति र विसङ्गतिको चर्चा परिचर्चा भइरहँदा समयको पालना, नियमितता, शुद्ध नैतिक आचरण, सरलता, सादगी प्रशासकका रूपमा चिनिएका ढकाल नेपालको निजामती प्रशासनका उदाहरणीय व्यक्तित्व भएको उनका समकालीनहरू बताउँछन् ।

डा. ढकालको बिदाइ पछि प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखाका अधिकृत सुरथ पोखरेलले ढकाल निजामती सेवाका गौरव गर्न लायक व्यक्तित्व भएको लेखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बिदाइ कार्यक्रमको फोटोसँगै लेखेका छन् ‘सधैँ छायामा बस्नु हुने कहिल्यै चर्चामा नआउनु हुने सरको आज बिदाइमा विगतका कुरा सुन्दा सबै चकित मात्र होइन, आधुनिक सुविधा भोगी जीवनमा यस्ता आदर्श निजामती सेवक हुन्छन् भन्ने पत्याउनै कठिन लाग्यो ।’

३८ वर्षे जागिरे जीवनमा आफूले पाउने बिदासमेत नलिएका सचिव ढकालबारे पोखरेलले अगाडी लेखेका छन् ‘यति लामो जागिरे जीवनमा आफूले पाउने बिदा पनि बिरामी बिदा लिनु भएन नै घर बिदा ६ दिन मात्र र क्या बि/प बि २० दिन भन्दा बढी लिनु भएन छ ।’

निजामती सेवामा एउटा गौरब गर्न लायक व्यक्तित्व नेपाल सरकारका सचिव आदरणीय डा. तिर्थराज ढकाल सर करिब ३८ वर्षको सेवा अवधि…

Posted by Surath Pokhrel on Thursday, April 8, 2021

कर्मचारीहरूले उनलाई आदर्श र अनुकरणीय व्यक्तित्व भएको उल्लेख गर्दै अवकाशपछिको सुखद जीवनको कामना गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस