पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित


प्रशासन संवाददाता

२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार १०० पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ भने,  देशभर २ हजार ४ सय ५४ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस