१३ उपसचिव र १३ सहसचिवसहित २६ कर्मचारीको सरुवा, फेरिए सिडिओ पनि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१३ उपसचिव र १३ सहसचिवसहित २६ कर्मचारीको सरुवा, फेरिए सिडिओ पनि


२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयका दुई दर्जन बढी कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ ।

बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि पदस्थापन भएर आएका नयाँ सहसचिवसहित २६ जना उपसचिव तथा सहसचिवको सरुवा गरेको हो । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) परिवर्तन भएका छन् ।

पछिल्लो समय कर्मचारीको सरुवा नियमित प्रक्रिया भन्दा पनि सजाय र पुरस्कारका रूपमा बढी लिइँदै आएको छ । नेतृत्वको रोजाइमा पर्नेहरू जो जहाँ जति बेला पनि पुगिरहेका छन् भने नपर्नेहरू पनि उसै गरी जो जति बेला जहाँ पनि धकेलिँदै आएको छन् । निजामतीमा क्याडर बेस बिस्तारै हराउँदै गराएकोमा प्रशासकहरू चिन्तित छन् ।

समग्र जिल्लाको प्रशासन प्रमुख पनि भएकोले प्रमुख जिल्ला अधिकारी खटाउँदा अनुभवसँगै पृष्ठमूमी पनि हेरिन जरुरी छ । नेतृत्वदायी भूमिका कस्तो छ ? कहाँ कस्तो काम भए गरेको छ ? ट्र्याक रेकर्ड के छ ? लगायत पक्षहरू अहम् हुन आउने भए पनि सूचीमै चढिसकेका नामहरूसमेत थप्ने र घटाउने कार्यले सिडिओको ओज त घटाएको छ नै, जिल्लाको शान्ति सुरक्षामा समेत बिस्तारै प्रश्न उठ्दै आएको छ । र, बिचैमा फेरबदल यसकै परिणाम पनि हो भन्दा अत्युक्ति नहोला ।

जिल्ला मात्रै होइन, केन्द्रमै पनि नेतृत्व खटाउँदा यी यावत् विषयवस्तुहरू हेरिन अझ बढी जरुरी हुने एक सचिव बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस