एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज


२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ। नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पदबाट पदमुक्त भएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । हाल चारैजना सांसद ओली सरकारको मन्त्री पदमा रहेका छन् ।

संविधानविद् टीकाराम भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । ‘उहाँहरुलाई पदमा कायमै राख्ने हो भने पुनस् नियुक्ति गर्नुपर्छ’ उनले भने ।

फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युताएर नेकपाको आधिकारीकता ऋषि कट्टेललाई दिएपछि यी चार सांसद एमालेतिर लागेका थिए ।

माओवादी केन्द्रले एमालेतिर लागेका प्रदेशसभा सदस्य र संघीय सांसदहरूलाई पदमुक्त गर्नका लागि सम्बन्धित निकायमा लेखि पठाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस