ललितपुरमा ९५ लाखको सुटकेश चोरी, एक कम्पनीका पूर्व कर्मचारीसहित पाँच पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ललितपुरमा ९५ लाखको सुटकेश चोरी, एक कम्पनीका पूर्व कर्मचारीसहित पाँच पक्राउ


प्रशासन संवाददाता

२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ। ललितपुरबाट ९५ लाखभन्दा बढी मूल्यको सुटकेश, ब्याग र ल्यापटपको झोला चोरी भएको छ ।

ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिबाट अनिरुद्र टिवरेवालले सञ्चालन गरेको अर्वन ओएसिस इन्टरप्राइजेजबाट अमेरिकन टुरिस्टर, सामसोनाइट र कामिलियन्ट ब्राण्डका सुटेकश चैत २३ मा चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सिन्धुली घर भएका यमकुमार श्रेष्ठ, रामेछापका प्रदिप गौतम, सुनसरीका महेश अधिकारी, धनकुटाका दिपक खड्का र नविन अधिकारी छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुनसरीको माता नगरपालिका–६ घर भई काठमाडौँ बस्ने महेश अधिकारी अर्वन ओएसिस इन्टरप्राइजेजका पूर्व कर्मचारी भएको खुलेको छ ।

प्रहरीले सिसिटिभी फुटेज लगायत प्राविधिको अनुसन्धान गरेर चोरीमा संलग्न आरोपीलाई नरेफाँट र जडिबुटीबाट पक्राउ गरेको थियो ।

आरोपीको डेराबाट प्रहरीले चोरीका सुटकेश र झोला बरामद गरेको छ ।

बा.२१ च ७३४४ नम्बरको गाडी प्रयोग गरेर उनीहरुले चोरी गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस