ओली सरकारका चार मन्त्रीले सांसद पद गुमाउँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओली सरकारका चार मन्त्रीले सांसद पद गुमाउँदै


प्रशासन संवाददाता

२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारका चार जना मन्त्रीले आज सांसद पद गुमाउने भएका छन् ।

माओवादी केन्द्रबाट सांसद भएका चार जनालाई आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद पद गुमेको सूचना सुनाउने भएका हुन्।

प्रतिनिधि सभा बैठक अहिले १ बजे बस्दै छ।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको थियो।

सोही बैठकमा उनीहरूलाई सांसदबाट हटाएको सूचना आज जारी गर्ने तय भएको हो।

यसअघि गत मंगलबार माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो।

२०७४ सालको चुनावमा माओवादी केन्द्रबाट चुनाव जितेका उनीहरू तत्कालीन नेकपामा विवाद उत्कर्षमा पुगेका बेला ओली समूहमा लागेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस