म्यानमार सैन्य शासन : लण्डनस्थित दूतावासमा राजदूतलाई प्रवेश निषेध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

म्यानमार सैन्य शासन : लण्डनस्थित दूतावासमा राजदूतलाई प्रवेश निषेध


एजेन्सी

२६ चैत्र २०७७, बिहिबार


बीबीसी । बेलायतका लागि म्यानमारका राजदूतलाई दूतावासमा प्रवेश निषेध गरिएको छ ।

बुधबार दूतावासमा तैनाथ म्यानमारको सैन्य सहचरीले राजदूत क्व जर मिनलाई देशको प्रतिनिधि नमानिएको भन्दै दूतावास छाड्न निर्देशन दिएको हो ।

म्यानमार सेनाले गएको फेब्रुअरी १ मा ‘कू’ गरी सत्ता हातमा लिएको थियो । गएको मार्चमा क्व जर मिनले नेतृ आङ सान सुकीको रिहाइको माग गर्दै सेनाको कदमले म्यानमारलाई विभाजित गरेको र गृहयुद्धतिर धकेलेको बताएका थिए । क्व जरले ‘कू’विरोधी आफ्नो अभिव्यक्ति राष्ट्रविरोधी नभएको बताएका छन् ।

दूतावास प्रवेशमा लगाइएको रोकलाई उनले ‘कू’को संज्ञा दिएका छन् । राजदूतलाई प्रवेशमा रोक लगाइएको समाचार बाहिरिएसँगै दूतावास भवनअगाडि प्रदर्शनकारीहरु जम्मा भएको जनाइएको छ ।

राजदूत क्व जरको अवस्थाका बारेमा कूटनीतिक माध्यममार्फत जानकारी लिने प्रयास भइरहेको बेलायती विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस