भारतमा कोरोना भयावह बन्दै, पछिल्लो २४ घण्टामा १ लाख २६ हजार भन्दा धेरै संक्रमित थपिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतमा कोरोना भयावह बन्दै, पछिल्लो २४ घण्टामा १ लाख २६ हजार भन्दा धेरै संक्रमित थपिए


प्रशासन संवाददाता

२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । भारतमा कोरोना संक्रमण लगातार तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख २६ हजार ७८९ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोनाका कारण ६८५ जनाको ज्यान गएको छ । सरकारी तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोनाको कारण एक लाख ६६ हजार ८६२ जनाको ज्यान गइसकेको छ ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार भन्दा बढि छ भने, अहिलेसम्म ९ करोड एक लाख ९८ हजार भन्दा बढिले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

भारतमा कुल संक्रमितको संख्या एक करोड २९ लाख भन्दा बढि नाघिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस