सुनको मूल्य १ हजारले बढ्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनको मूल्य १ हजारले बढ्यो


प्रशासन संवाददाता

२६ चैत्र २०७७, बिहिबार


सुन

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजारले बढेको छ ।

बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर ८९ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस