पूर्व अर्थमन्त्री बोहरालाई माओवादीको २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्व अर्थमन्त्री बोहरालाई माओवादीको २४ घण्टे स्पष्टीकरण


२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । सुदूरपश्चिमका पूर्व अर्थमन्त्री झपटबहादुर बोहरालाई नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित बोहरालाई माओवादी केन्द्रले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ।

‘नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी पूर्ववत् अवस्थामै रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाकलाप नेकपा एमाले पार्टीमा देखिएको र नेकपा एमालेको केन्द्रीय समिति सदस्यसमेत नियुक्ति भएको देखिन आएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा (१), (२) बमोजिम कार्य गर्नु भएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्य समेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नु भएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने ?,’ स्पष्टीकरण पत्रमा उल्लेख छ ।

बोहराले पुस २२ मा आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएका थिए । फागुन २८मा बोहरालाई एमालेले केन्द्रीय सदस्यमा मनोतित गरेको थियो ।

स्पष्टिकरण पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस